आज :

इरानमाथि हमलापछि संकटमा ट्रम्प, हर्मुजा जलमार्ग बन्द नगर्न चीनसँग गुहार

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाले अन्तर्राष्ट्रिय कानुन विपरित इरानका आणविक ऊर्जा केन्द्रमा बंकरबस्टर बम प्रहार गरेपछि इरान कडारुपमा प्रस्तुत हुने देखिएको छ । अमेरिकाको प्रहारलगत्तै इरानले इजरायलमाथि भिषण हमला गरेर कडा जवाफ दिने संकेत गरेको थियो ।

अमेरिकी हमलापछि इरानले दुई कदम चालेको छ । एउटा आणविक अप्रसार सन्धीबाट आफू पछि हट्ने संयुक्त राष्ट्रसंघमा पत्राचार गरेको छ । अर्को विश्व तेल ढुवानीको प्रमुख मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । अब यो प्रस्तावको अन्तिम स्वीकृति भने सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्ने बताइएको छ ।

अमेरिकाले इरानमाथि गरेको नेपालसहित विश्वभर विरोध भइरहेको छ । नेपालमा नेकपा माओवादी केन्द्रसहितका १० कम्युनिस्ट पार्टीले संयुक्तरुपमा विज्ञप्ति जारी गरेर हमलाको विरोध जनाएका छन् ।

अमेरिकी खेमामा रहेका मध्यपूर्वका देशहरुले पनि हमलाको निन्दा गरेका छन् । विश्वभर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला जलाउने कार्य जारी रहेको छ । मुस्लिम देशहरुमा त ट्रम्पलाई ‘आतंककारी’ भन्दै प्रदर्शन जारी छन् ।

हमलालाई शानदार विजय भएको भन्दै खुशी मनाइरहेको बेला इरानले होर्मुज जलमार्ग बन्द गर्न अघि बढेपछि भने ट्रम्प तनावमा परेका छन् । ट्रम्पले आफ्ना विदेशमन्त्रीमार्फत उक्त जलमार्ग बन्द गर्नबाट इरानलाई रोक्न चीनसँग गुहार गर्न लगाएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा संसारकै लाइफलाइन मानिने हर्मुज जलमार्ग इरानले बन्द गर्नबाट चीनले रोक्नुपर्ने बताए । अमेरिकाले यो जलमार्ग बन्द गर्न नदिन चीनको सहयोग मागेको हो ।

यो जलमार्ग बन्द भएपछि कच्चा तेलको मूल्य आकासिने निश्चित छ । यसको प्रभाव अमेरिकालाई पनि पर्नेछ । अमेरिकाको हमलाका कारण इरानले जलमार्ग बन्द गरेकोले पनि आफ्नै सहयोगी देशको दबाब ट्रम्पमाथि पर्नेछ ।

अमेरिकी विदेशमन्त्री रुबियोले भने – ‘यदि इरानले हर्मुज जलमार्ग बन्द गरेमा उसको लागि आर्थिक आत्महत्या सरह हुनेछ । हामीसँग हर्मुज बन्द हुँदाको विकल्प छन् तर बाँकी देशले पनि यसबारेमा ध्यान दिउन् ।

हर्मुज जलमार्ग संसारभरकै ग्यास र तेल आपूर्तिका लागि रणनीतिक र महत्वपूर्ण कोरिडोर हो । यसले मध्यपूर्वका तेल भण्डार भएका देशलाई एसिया, युरोप र अमेरिकासहित अन्य विश्वसँग जोड्ने काम गर्छ । इरानले यो जलमार्ग बन्द गरेमा संसारभर तेल र ग्यास आपूर्तिमा संकट आउनेछ ।

विश्वको सबैभन्दा महत्वपूर्ण तेल चोकपोइन्टहरू मध्ये होर्मुजको जलडमरूम अमेरिका र अन्य देशको लागि भू–रणनीतिक रूपमा अर्थपूर्ण छ । यो जलडमरूम ओमान र इरानको बीचमा अवस्थित छ र उत्तरमा खाडीलाई दक्षिणमा ओमानको खाडी र त्यसभन्दा बाहिर अरब सागरसँग जोड्छ । यसको सबैभन्दा साँघुरो बिन्दु ३३ किलोमिटर चौडा छ, ढुवानी लेन केवल ३ किलोमिटर चौडा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal