आज :

प्राधिकरणको गम्भीर लापरवाही, ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेर दश खच्चर मरे

  • अनलाइन डबली

मुगु । नेपाल विद्युत प्राधिकरणको गम्भीर लापरवाहीका कारण मुगुमा दश खच्चर करेन्ट लागेर मरेका छन् । विद्युत चुहावट हुँदा मुगुको छायाँनाथ रारा नगरपालिका–११ कुसा टाउमा दशवटा खच्चर मरेका हुन् ।

जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका ती खच्चरहरूलाई नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेको हो ।

प्राधिकरणले कम क्षमताको ट्रान्सफर्मर जडान गर्नुका साथै विद्युत अर्थिङ सुरक्षित नबनाउँदा आइतबार दिउँसो करेन्ट लागेको गुनासो छायानाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गरे । उनले भने, ‘पानी परिरहेको थियो। सडक छेउमा रहेको ट्रान्सफर्मरबाट विद्युत जमिनमा बगिरहेको रहेछ, हामीलाई थाहै भएन। एक्कासि करेन्ट लागेर १० वटा खच्चर मरे। मलाई पनि करेन्ट लागेको थियो, चप्पल लगाएकोले बाँचें ।’

उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्ने गर्दछ । उनले विद्युत प्राधिकरणसँग खच्चरहरूको क्षतिपूर्तिको माग गरेका छन् ।

छायाँनाथ रारा–१ का कर्णबहादुर मल्लका चारवटा, वडा नं. १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा खच्चर मरेका हुन् ।
गत शुक्रबार पनि वडा नं. १२ कम्फागाउँका खड्कबहादुर बुढाको भैंसी करेन्ट लागेर मरेको थियो ।

नेपाल विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रले वितरण गरेको विद्युत सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा स्थानीयले दिनहुँ सास्ती भोग्नुपरेको बढुवालले बताए ।

केन्द्रका प्रमुख साजन ऐडीले वर्षा र हुरीबतासका कारण विद्युत सेवा प्रभावित भएको र नियमानुसार क्षतिपूर्तिका लागि प्रादेशिक तथा केन्द्रीय कार्यालयमा सिफारिस गर्ने जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal