आज :

प्रधानमन्त्री ओलीले नभेटेका कर्णालीबाट हिडेर काठमाडौँ पुगेका नवराज बोहोरालाई प्रचण्डको साथ

  • अनलाइन डबली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई नवराज बोहोराले कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन स्थापनाको अभियानबारे जानकारी गराएका छन् ।

बोहोरा सुर्खेतदेखि काठमाडौंसम्म करिब एक महिनाको लामो पैदल यात्रा गर्दै आइपुगेका हुन् । उनले कर्णाली क्षेत्रको पछाडि पारिएको अवस्था, विकासमा भइरहेको ढिलाइ, वातावरणीय समस्याहरू, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै जनचेतनाको अभियान चलाइरहेका छन् ।

अध्यक्ष प्रचण्डले बोहोराको प्रयासलाई सकारात्मक रूपमा स्वागत गर्दै उक्त अभियान माओवादी केन्द्रको मूल विचार र उद्देश्यसँग मेल खाने बताए । उनले आफू सरकारमा रहँदा कर्णालीको समृद्धिका लागि विभिन्न पहलहरू गरिएको स्मरण गराउँदै त्यसैको निरन्तरता स्वरूप बोहोराको अभियानले थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।

प्रचण्डले बोहोरालाई अभियान निरन्तर जारी राख्न शुभकामना दिँदै आवश्यक सहयोग, साथ र समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसअघि बोहोरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंहदरबार पुगेका थिए । तर, प्रधानमन्त्री ओलीले भेट्न समय नदिएर फर्काएका थिए ।
प्रधानमन्त्रीले भेट्ने समय नदिएपछि निरास भएका बोहोरा प्रचण्डले अभियानमा साथ समर्थन जनाएपछि उत्साहित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal