आज :

इरानको जवाफी हमला: इजरायलकाे राजधानी तेल अभिभ र हाइफामा भारी क्षति

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाले इरानका आणविक ऊर्जा केन्द्रमा हमला गरेपछि इरानले जवाफी हमला सुरु गरेको छ । अमेरिकाको हमलापछि इरानले एकैसाथ ३० मिसाइल प्रहार गरेको भारतीय पत्रकार मनिष झाले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।

पत्रकार झा अहिले इजरायलको राजधानी तेल अभिभमा रहेर इरानी हमलाबाट भएको क्षतिको रिपोर्टिङ गरिरहेका छन् । ‘इरानले मिसाइलबाट प्रचण्ड प्रहार गरेको छ’ उनले बताए ।

तेल अभिभमा रहेका सैन्य संरचनालाई लक्षित गरेर हमला गरिएको उल्लेख छ । त्यस्तै, इजरायलको अर्को शहर हाईफामा पनि इरानले प्रचण्ड प्रहार गरेको छ ।

इरानी मिसाइललाई रोक्न इजरालय र अमेरिकी एयर डिफेन्स सिस्टम पूरै फेल देखिएको छ । तर, इजरायली अधिकारीहरुले ठूलो संख्यामा इरानले हमला गरेको त्यसको केही अंशले मात्रै क्षति पुर्याएको बताएका छन् ।

इजरायली सेनाकै अनुसार केही अंशले यति क्षति पुर्याएको छ भने इरानको पूर्ण हमलालाई रोक्न नसकेपछिको अवस्था के होला भन्ने प्रश्न उठेको छ ।

अमेरिकाले इरानमा हमला गरेपछि इरानले जवाफी हमला गर्न सक्ने भन्दै आज इजरायलले सबै सार्वजनिक कार्यालय, विद्यालय, पसल नखोल्न सूचना जारी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal