आज :

करुणामय मानव विकास संघको जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

  • अनलाइन डबली

काभ्रे,असार ६, केके मानन्धर । करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८७ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । काभ्रेको बनेपास्थित जनज्योति मावि जनागालमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक विद्यालय, उच्च मावि तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, ड्रेस, जुत्तालगायतका सामग्री वितरण गरेको हो । समाजिक सद्भाव कायम राख्दै करुणा र नैतिकता जागृत गर्न संघले करिव दुई दसकदेखि सामाजिक काम गर्दैै आएको छ ।
संघले सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, रामेछाप जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिका रूपमा आवश्यक सामग्री वितरण गर्दै आएको छ । मानव धर्म निर्वाह गर्नुपर्ने चेतना भएका दाता पहिचान गरी उनीहरूकै सहयोगमा संघले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको संघका उत्तम मानन्धरले बताउनुभयो । ‘सुरुमा कक्षा एकदेखि १० सम्म अध्ययन गर्ने विद्यार्थी छनोट गरी उनीहरूका लागि छात्रवृति दिंदै आएका थियौं । पछिल्लो केही वर्षदेखि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत संघले सहयोग गरेको छ ।’ मानन्धरको भनाई छ । कतिपय अवस्थामा संघको सहयोग र समन्वयमा अध्ययन पूरा गरेका विद्यार्थीेहरुलाई आत्मनिर्भर बनाउको लागि जागिर लगाइदिने समेत गरेको उहाँले दाबी गर्नुभयो ।
संघका अध्यक्ष सिद्धिगोपाल मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा ईमेज च्यानल टेलिभिजनका महाप्रबन्धक महाप्रबन्धक रघुवरभक्त मानन्धर, साहित्यकार मोहन दुवाल, बनेपा नगरपालिका वडा नं. ८ की वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, मानव अधिकारकर्मी राजु सरकार, गंगादेवी मानन्धर, जीवन भण्डारीलगायतको सहभागिता थियो । आदरणीय भिक्षु पन्नालोक महास्थवीरले २०६२ सालमा स्थापना गर्नुभएको संघले निरन्तर रुपमा मावनसेवा, शिक्षा तथा आत्मनिर्भरताको क्षेत्रमा काम गर्दैआएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal