आज :

इरान–इजरायलको युद्धको प्रभावः पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल÷मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल÷मट्टितेलमा लिटरको १४५ पर्ने निगमले विज्ञप्ती मार्फत जनाएको छ ।

इरान र इजरायलबीचको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्ने आशंकाबीच नयाँ मूल्यसूची सार्वजनिक भएको छ ।

पछिल्लो मूल्य बढ्नुमा इरान–इजरायलबीचको युद्ध मुख्य कारण रहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal