आज :

संवैधानिक आयोगका विवादित ५२ पदाधिकारीको नियुक्तिविरुद्धको रिटका फैसला आज आउँदै

काठमाडौँ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक आयोगका ५२ जना पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिटको फैसला आज आउने लागेको छ । कार्यकाल सकिन लाग्दा सर्वोच्च अदालतले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति विरुद्धको रिटको फैसला सुनाउन लागेको हो ।

पटकपटक सरेको पेशीको अन्तिम सुनुवाई सकेर सर्वोच्चले आज निसु अर्थात निर्णय सुनाउने दिन तोकिएको थियो । संवैधानिक इजलासमा सुनुवाइ सकिएपछि जेठ १६ गतेभित्र बहस नोट पेश गर्न आदेश भएको थियो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा गत माघ ३० गतेदेखि हेर्दाहेर्दैमा राखी सुनुवाइ भइरहेको थियो ।

संसद् विघटन भएका बेला संसदीय सुनुवाइ नै नगरी नियुक्त भएका ती पदाधिकारीहरूको नियुक्ति गैरकानूनी तथा असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतले रिट दायर गरेका थिए ।

यो रिटसँगै संवैधानिक आयोगका पदाधिकारी विवादमा परेका थिए । तर, सर्वोच्चले कामकाजमा रोक नलाएकाले आफ्नो कार्यकालको अन्तिमसम्म कुर्सीमा बसेर काम गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal