आज :

संसद्‍मा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग, ‘मानव तस्करलाई कारबाही गर’ भन्दै संसदमा लाग्यो नारा

  • अनलाइन डबली

 

काठमाडौँ। प्रतिक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले (अनन्त)ले भिजिट भिसा प्रकरणमा छानविनको बाटो खुलाउनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

आज मंगलबार जारी प्रतिनिधिसभा बैठकमा सांसद वर्षमान पुनले (अनन्त)ले भिजिट भिसा प्रकरणमा छानविनको बाटो खुलाउनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राखेका हुन्।

सांसद पुनले भने ‘प्रतिपक्षमा हुँदा धेरै गम्भीर विषय उठाउनुभयो। उहाँको सचिवालय जोडीएको छ। अख्तियारको छापा मारेको छ। ठूलो माछा छ भनी अख्तियारले भनेको छ,’ पुनले भने,’राजीनामा दिई अनुसन्धानका लागि मार्ग प्रस्ट गर्न माग गरे। उहाँको संलग्नता छ भनी आरोप लगाउन चाहान्नौँ तर निश्पक्ष छानविनको वातावरण बनाउन सबै प्रतिपक्षीको तर्फबाट माग गर्दछौँ।’
राजीनामा नदिए सदन चल्न नदिने उनको भनाइ छ ।

यसै गरि बिपक्षि दलहरुले आज जारि प्रतिनिधि बैठकमा मानव तस्करलाई कारबाही गर’ भन्दै नारा बाजी समेत गरेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal