आज :

माओवादी अभियान जनयुद्धको उद्गमस्थलमाः अभियान टोलीको भव्य स्वागत, आजको बास रोल्पामै

  • अनलाइन डबली

रोल्पा । नेकपा (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग अभियान आज रोल्पा आइपुगेको छ। अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको अभियान जनयुद्धको उद्गमस्थल थवाङ पुग्दा भव्य स्वागत गरिएको छ।

स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन्।

थवाङमा आयोजित जनसभलाई प्रचण्डले सम्बोधन गरिरहेका छन् ।

यो क्षेत्र जनयुद्धकालमा अध्यक्ष प्रचण्डको महत्वपूर्ण सेल्टर थियो। यस्तै, रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठक स्थलका रूपमा चिनिन्छ, जहाँ महत्वपूर्ण रणनीतिहरू तय गरिएको थियो ।

अभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal