आज :

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण, ५० र १ हजारका नयाँ नोट छाप्ने निर्णयमा हस्ताक्षर

  • अनलाइन डबली

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् ।

गभर्नर पौडेल नेपालको १८औं गभर्नरका रूपमा केन्द्रीय बैंकको कार्यालय पुगेका हुन् । उनलाई गभर्नर सिफारिस समितिको सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

गभर्रन पाैडेलले पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर पनि गरे ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal