
भनिन्छ अशोकले आफ्नी छिरी चारुमती को विबहा देवपातन पशुपतिका देवपाल संग गराई फर्किए पछि राजा अशोककै नियुक्तिमा कान्चिका राज पुत्र धर्मदेवलाइ नेपाल पठाएको बंशावलीमा उल्ल्लेख भएको छ।
१४ औ किराती राजा स्थुन्कोकोलाई अधिनवर्ति बनाइ राजा धर्मदत्तले विशालनगर राजधानी बात आफ्नो राज स्थुङकोकोलाइ अधिन्वर्ती बनाइ राजा धर्मदत्तले विशालनगर राजधानी बात आफ्नो राज्य टोखा देखि साँखु सम्म बिस्तार गरे।
नौ छोरा र मन्त्री बुद्दिक्षेमका साथ नेपाल आएका बैशालिपति धर्मदत्तले पशुपतिनाथ मन्दिरको उत्तर – पश्चिम कुनामा धर्मदत्तको चैत्य स्थापना गरि सुन चढाउने पारसमणि प्राप्त गर्न वज्रयोगिनीको १२ वर्ष सम्म ध्यान बसे। जसकालागि राजा धर्मदत्त प्रत्यक दिन टोखा सपन तिर्थमा नुहाई घोडामा साँखु वज्रयोगिनी पुगी ध्यान बस्ने गर्ने गर्दथिए।
किम्वदन्ती अनुसार राजा धर्मदत्तले सधै मन्दिरमा रहेको ठुलो कारईमा तेल तताई ऋीद्दिबलको माध्याम बाट आफुलाई समर्पित गर्दथ्ये। त्यागको भावनाबाट प्रशन्न देवीले १२ बर्ष पुग्न एक दिन आगाडी भनिन -“ भोलि बिहान शुभ मुहुर्तमा नै आउनु म तिमीलाई पारसमणि बनाउने शुत्र बताइदिने छु। ”
उक्त कुरा लुकेर बसेका बिक्रमादित्यले सुने र भोलिपल्ट आफै राजा भन्दा पहिला पुगी आफुले आफैलाई पाक बनाएर देवीलाई समर्पण गरेछन। देवीले बिक्रमादित्यलाइ नै धर्मदत्त सम्झी पारसमणि बनाउने शुत्र सिकाए छ।
परचक्रिसामु गोप्यता गोगाउन नसकेकोमा आत्मग्लानी वश राजा धर्मदत्तले विक्रमादित्यलाइ नै राजा सुम्पि आफु बज्रयोगिनी देविकै ध्यानमा जीवन बिताइदिए । जुन मन्दिरको पछाडी भाग्न चैत्य विक्रमादित्यको टाउको भुइतलामा र माथिल्लो तलामा म्हासुख्वामाजु बज्रयोगिनीको जात्रा गर्ने मुर्ति घर अध्यावधिक नै छ। त्यही बेलादेखि नेपालमा बिक्रम सम्बत विक्रमादित्यले शुरु गरेको आख्यानमा उल्लेख छ।
नेपाल मण्डल सम्पदा बात