काठमाडौँ । पाकिस्तानि दूतावासको आयोजनामा डाक्टर, इन्जिनियर र विभिन्न पेसामा आवद्द व्यक्तित्वहरु र पाकिस्तानका प्रतिष्ठित पूर्वविद्यार्थीहरू बीच भेटवार्ता भएको छ।
पाकिस्तानी संस्थाहरूका नेपाली पूर्वविद्यार्थीहरू बीच मनाउदै आएको परम्परालाइ निरन्तरता दिँदै, पाकिस्तानको दूतावासले शुक्रबार आफ्नो वार्षिक पूर्वविद्यार्थीहरू भेट्ने समारोहको आयोजना गरेको हो ।
कार्येक्रममा पाकिस्तानले प्रस्ताव गरेका विभिन्न योजनाहरूका साथै वित्त योजनाहरूमा छात्रवृत्ति प्राप्त गर्नेहरू उपस्थिति रहेका थिए। यस अवसरमा करिब ४५० जना पूर्वविद्यार्थी, पाकिस्तानका गण्यमान्य व्यक्ति र साथीहरू उपस्थित थिए। यस कार्येक्रमले एकापसमा मिलन , सम्झनाहरू पुनः प्राप्त गर्ने र दुई व्यक्तिहरू बिचको स्नेहपूर्ण सम्बन्धलाई बलियो बनाउने अवसर प्रदान गर्यो।
पाकिस्तानका राजदूत अबरार एच हासमीले यस अवसरमा आफ्नो सम्बोधनमा नेपालका लागि यस्ता जमघटहरूले दुई देशबिचको आपसी समझदारीलाई सुदृढ पार्न पूर्वविद्यार्थीहरूका लागि अमूल्य मञ्च भएको उल्लेख गरे।
पाकिस्तानी विभिन्न संस्थानहरूबाट ४०० भन्दा बढी नेपाली स्रष्टाहरूले नेपालको विकासमा योगदान पुर्याइरहेको बताए।


अनलाइन डबली


