काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालि काँग्रेस सत्ता पक्षमा भएतापनि सरकार बाहिर रहेको टिप्पणी गरेका छन्। नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा कोइरालाले यस्तो टिप्पनी गरेका हुन्।
लाेकतन्त्रमा संयन्त्रले सरकार चलाउन नहुने बताउँदै केन्द्रदेखि वडासम्मै संयन्त्र बनाउने प्रयास भइरहेकाे भन्दै आपत्ति जनाए ।
काेइरालाले भने, “हामीहरु सरकार बाहिर छौं तर सत्तापक्षमा छौं। मलाइ डर लागिरहेको छ, चिन्ता लागिरहेको छ, यो सरकार एमाले कारण त भइरहेको छैन ? संयन्त्रले सरकार चलाउने अवस्था रहेकाे छ । यहाँ यही प्रकिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकेको छ। अब वडा मात्र बाँकी छ, त्यो पनि चलाउने दुश्प्रयास उहाँहरुले गरिराख्नु भएको छ। लोकतन्त्रमा संयन्त्रले यसरी देश चलाउने होइन, स्थानीय निकाय चलाउने होइन भन्ने कुरा हामीले बुझ्न जरुरी छ। त्यकारण मलाइ कताकता एमाले कारण बिस्तारै नथाहापाउने गरि भइराखेको छ, भन्ने मलाइ चिन्ता लागिरहेको छ।”
सरकारले सदनमा लगेका विधेयक, केन्द्र र प्रदेश हुँदै स्थानीय तहसम्म संयन्त्रमार्फत शासन गर्ने शैलीले कांग्रेसलाई प्रतिनिधित्व नगर्ने समेत काेइरालाले बताए । उनले कोइरालाले सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रताविरूद्ध रहेको बताए ।


अनलाइन डबली


