आज :

शुक्रराज ट्रापिकल अस्पतालमा भ्रष्टाचार काण्डः निर्देशक डा.बसौला र सप्लायर्सविरुद्ध अख्तियारमा उजुरी

  • अनलाइन डबली

काठमाडौँ । शुक्रराज ट्रापिकल अस्पतालमा भएको भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाको नेतृत्वमा भएको उक्त भ्रष्टाचार काण्डको सत्यतथ्य छानविन गरी कारवाहीको मार्दै अख्तियारमा उजुरी परेको हो ।

अस्पतालको लागि आवश्यक सर्जिकल सामान खरिदको लागि मिति २०८१।०५।०५ मा ठेक्का नं. STIDH/goods/NCB/05/081-82  बोलपत्र आह्वान गरिएको थियो । उक्त सामान खरिदको लागि ९ वटा सप्लायर्स कम्पनी सहभागी भएका थिए ।

सहभागी कम्पनीमध्ये सबैभन्दा बढी डालीमा मेडिसेल्सले ९,००६,४१६.५६ रुपैयाँ प्रस्ताव पेश गरेको थियो । त्यस्तै, सबैभन्दा कम रुप्सा मेडिसेल्स प्रा.लि.ले १,४९४,४२५.५६ रुपैयाँ बिड गरेको थियो । डा. बसौलाले खरिद ऐन विपरि सबैभन्दा बढी मूल्य पेश गर्ने कम्पनीलाई ठेक्का दिएका थिए ।

उक्त कम्पनीलाई ठेक्का दिएर डा. बसौलाले ७५ लाखबढी भ्रष्टाचार गरेको भन्दै उजुरीमा उल्लेख गरिएको छ । यस भ्रष्टाचार काण्डमा डा. बसौलासँगै अस्पतालका खरिद इकाई प्रमुख पुरन गुरुङ, स्टोर प्रमुख राजन आचार्यको पनि संलग्नता रहेको भन्दै छानविनको माग गरिएको छ ।

ठेक्का नं.STIDH/goods/NCB/05/081-82 बोलपत्रमा पनि Manufacture Authorization माग गरिएको छ । तर, डालिमा मेडिसेल्सले उत्पादक कम्पनीको नभएर स्थानीय कम्पनीको लेटरहेडमा किर्ते Manufacture Authorization पत्र बनाएको समेत भेटिएको छ । खरिद कमिटीका सदस्यहरुलाई उत्पादक कम्पनीको नै Authorization पत्र भन्दै भ्रममा पारिएको छ ।

सदर गरिएको बोलपत्रमा सबै सामानमा मल्यांकन मापदण्ड १.२ मा स्पष्टरुपमा Manufacture Authorization is Required for all item उल्लेख गरिएको छ । बोलपत्रमा पेश गरिएको Authorization पत्रमा उल्लेख गरिएका सामानको आयतकर्ता डालिमा मेडिसेल्स समेत नभएको भेटिएको छ ।

बाेलपत्रकाे नं. १ देखि ८३ सम्मको सामानहरुमा पनि स्पेसिफिक सामान नभएको, स्थानीय बजारमा न्यून मूल्यमा सजिलै खरिदबिक्री गर्न सकिन्छ ।

दर्ता नं. सी-०४७८२७ काे उजुरीमा सप्लायर्स कम्पनी डालिमा मेडिसेल्सका संचालक दिनेश गाैतमले किर्ते गरेर Manufacture Authorization पत्र बनाएकाे भन्दै छानबिनकाे लागि माग गरिएकाे छ । मिलेमतो देखिएको भन्दै निर्देशक डा. बसौला र सप्लायर्स कम्पनीमाथि छानबिनको माग समेत गरिएको छ । यी कम्पनीले राजस्व छलि समेत गरेका दाबी उजुरीमा गरिएको छ ।

त्यसैगरी अस्पताल फार्मेसीको लागि औषधि खरिदको लागि आह्वान गरिएको ६ करोड ५४ लाखको बोलपत्रमा डा. बसौलाको बदमासी भेटिएको छ । ठेक्का नं. STIDH/Goods/NCB/06/081/082 को टेण्डरमा पनि मूल्यांकन मापदण्ड राखेका छैनन् । याे ठेक्कामा पनि गलत मनसाय देखिएकाे भन्दै छानबिनकाे माग गरिएकाे छ ।

यस विषयमा हामीले निर्देशक डा. बसौलासँग सम्पर्क गर्न खोज्दा फोन उठाएनन् । अस्पतालका सूचना अधिकारी विनय खड्काले आफू भरखरै त्यहाँ गएकोले खासै जानकारी नभएको भन्दै निर्देशकसँग नै सम्पर्क गर्न सुझाव दिए ।

त्यसैगरी हामी याे काण्डमा नाम जाेडिएका गुरुङ र आचार्यसँग सम्पर्क गरेका थियाैं तर दुबै जनाले सम्पर्कमा आउन चाहेनन् ।

याे पनि पढ्नुहाेस्

शुक्रराज ट्रापिकल अस्पतालमा अहिलेसम्मकै ठूलो भ्रष्टाचार काण्डः १४ लाखको सामान ९० लाखमा खरिद

कान्ति बाल अस्पतालमा विकाश लम्सालको मनपरीतन्त्र, निर्देश डा. बसौला किन मौन ?

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal