आज :

कान्ति बाल अस्पतालमा विकाश लम्सालको मनपरीतन्त्र, निर्देश डा. बसौला किन मौन ?

  • अनलाइन डबली

काठमाडौँ । कान्ति बाल अस्पतालमा स्वास्थ्य व्यवसायी विकास लम्सालले मनपरीतन्त्र चलाउँदै आएका छन् । लम्सालले फरकफरक २० वटाभन्दा बढी फर्म प्रयोग गरेर महंगो मूल्यमा कान्तिमा स्वास्थ्य उपकरण सप्लाई तथा निर्माण कार्य गर्दै आएका छन् । अस्पताल स्रोतका अनुसार सेटिङमा बजार मूल्यभन्दा बढीमा समान सप्लाई गर्दै आएका छन् ।

अस्पतालका निर्देशक डा. युवानिधी बसौला पनि लम्सालको मनपरीतन्त्रमा मौन बस्दै आएका छन् । स्रोतका अनुसार लम्सालको सेटिङमा निर्देशक बसौला पनि सहभागी छन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेल नाम लिँदै लम्सालले कान्तिमा निर्माणदेखि आईसियुसम्मका समान तथा उपकरण सेटिङमा सप्लाई गर्दै आएका छन् ।

“विकासजी विहानैबाट साँझसम्मै यतै हुन्छन् । विभिन्न व्यक्तिका फर्महरु संकलन गरेर आउनुहुन्छ र काम लिन्छन् । निर्माणको काम पनि कमसल हुन्छ र उपकरण पनि महंगोमा दिन्छन्” अस्पताल स्रोतले भन्यो ।

अस्पताल प्रशासनले पनि टेण्डर निकाल्नुको साटो एउटै सामानको फरक फरक पार्टको कोटेशनको आधारमा लम्साललाई काम दिँदै आएको स्रोतले बतायो । लम्सालले विकास एण्ड ब्रदर्स, मिलन मल्टी, सुमेरा इन्टरप्राइजेज, एलेक्स इन्टरनेशनललगायत फर्मबाट काम गर्दै आएका छन् ।

स्रोतको दाबी अनुसार निर्देशक डा. बसौलाले ससुरालीरितका केही व्यवसायी फर्म पनि लम्साललाई नै दिएका छन् । त्यस्तै, भरतपुर अस्पताको खरिद प्रमुख हुँदा सेटिङमा काम गरेका सप्लायर्सलाई पनि लम्सालहितको सेटिङ रहेका छन् ।

टेण्डर नकिालेर एउटै समानको फरकफरक पार्ट बनाएर खरिद हुँदै आएको अस्पतालका कर्मचारीले बताए । जुन कुरा गैरकानुनी हो । “आफूलाई मन परेको वा सेटिङमा रहेको व्यक्तिलाई काम दिन एउटै समानको फरकफरक पार्ट बनाएर कोटेश्नका आधारमा समान खरिद हुँदै आएको छ । यो सरासर गैरकानुनी हो । हालै मात्रै यूएसजी मेसिनको फरकफरक पार्ट बनाएर दश लाखमा खरिद गरिएको छ, जसको मूल्य पाँच वरिपरी पर्न आउँछ । यो अख्तियारीको दुरुपयोग हो” अस्पताल स्रोतले भन्यो ।

स्रोतको दाबी अनुसार लम्सालले २० प्रतिशत कमिसनमा निर्देशक डा. बसौलासँग सेटिङ मिलाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal