
काठमाडौँ । ड्युटीमा रहेको प्रहरी टोलि माथि आक्रमण गर्ने दुइ जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका २६ ठमेल स्थित सार्वजनिक सडकमा गत बिहिबार २४ गते प्रहरी वृत्त दरवार मार्गबात खटिएका क्यु आर टी प्रहरी माथि ५/६ जनाको समुहले आक्रमण गरि सवारी साधन समेत तोड फोड़ गरेको आरोपमा लैनचौर बास्दै आएका दिनेश सिग्देल र रमेश फुलारालाइ आज पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै जनामाथि काठमाडौँ जिल्ला प्रशासनले पाँच दिन म्याद थप गरि थप अनुसन्धान गर्ने भएको छ। फरार रहेका अन्यको खोजि भइरहेको प्रहरीले जनाएको छ।