
सामुदायिक वन उपभोक्ता समुह र उपभोक्ता समुहका शुरुवातकर्ता तथा नेपालका सुप्रशिद्ध मानवशास्त्री विहारीकृष्ण श्रेष्ठको शुक्रबार निधन भएको छ । उहाँको निधनले नेपालको मानवशास्त्रीय तथा समाज विज्ञानको अध्ययन अनुसन्धानमा अपूरणीय क्षति भएको छ ।
वि.सं.१९९३ साउन १० गते काठमाडौंको प्याफलटोलमा जन्म भएको थियो भने विसं. २०८१ माघ २५ गते शुक्रबारका दिनमा पहाप्रस्थान भएको छ ।
वि.सं. २०२८ सालमा तत्कालिन कर्नाली अञ्चलको सिंजा क्षेत्रको लोकसंस्कृति अध्ययनमा महत्वपूर्ण भूमिका रहेको छ । सत्यमोहन जोशी, स्थिरजंगबहादुर सिंह, चूडामणी बन्धु र प्रदिप रिमालसँग मिलेर पाँच खण्डका कर्णाली लोकसंस्कृतिको पुस्तक प्रकाशन भएको थियो । यो संयुक्त संग्रहले २०२८को मदन पुरस्कार पाएको थियो ।
तीन दशक लामो सरकारी सेवा गर्नुभएको श्रेष्ठले विभिन्न राष्ट्यि तथा अन्तराष्ट्यि संघसंस्थाहरुमा समाज विज्ञान अध्येयताको रुपमा विभिन्न प्रकारका अध्ययन अनुसन्धान तथा नीतिगत रुपमा धेरै उपलब्धीमूलक कार्यहरु गर्नु भएकाले नेपाली समाजमा स्मरणीय पात्रका रुपमा सूपरिचित हुनुहुन्छ ।