काठमाडौँ । चीनले अमेरिकाबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाउने घोषणा गरेको छ । यसअघि अमेरिकाले लगाएको करको जवाफस्वरुप चीनले यो अतिरिक्त कर लगाएको हो ।
चीनको यो निर्णयसँगै अमेरिकाबाट चीनमा आयात हुने ठुला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई प्रत्यक्ष असर पर्नेछ ।
चीनविरुद्ध कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त हुँदै थियो । अमेरिकामा चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर कार्यान्वयनमा आएको छ ।
चीन र अमेरिकाको निर्णयले व्यपार युद्धको अवस्था निम्तिएको छ । यसले नेपालजस्ता अन्य देशमा पनि प्रभाव पार्नेछ ।