आज :

ढकारीमा दुई युवतीकाे हत्या: प्रेम प्रस्ताव अस्वीकार गरेपछि सरस्वती र भनिदिन्छु भनेपछि इशराको हत्या

  • अनलाइन डबली

अछाम । जिल्लाको ढकारी गाउँपालिका–१ मा मृत अवस्थामा भेटिएकी दुई किशोरीको हत्या भएको प्रहरीले जनाएको छ । गत शुक्रबार गोठालो गएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको ढुङ्गा प्रहारबाट हत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

ढकारी गाउँपालिका–८ जंगलमा प्रेम र यौन प्रस्ताव अस्वीकार गरेपछि सरस्वतीको हत्या गरिएको र पोल खोल्ने डरले इशराको पनि हत्या गरिएको प्रहरीले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीका अनुसार पक्राउ परेका दुई किशोरले नै उनीहरुहको हत्या गरेका हुन् । भण्डारीले किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव भएको बताए ।

मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुराकानी हुने गरेको र उनीहरु दुवै जना प्रेम सम्बन्धमा पुगेको प्रहरीको ठहर छ । उनीहरुबीच त्यो दिन पहिलो पटक भेट भएको समेत प्रहरीको निष्कर्ष छ ।

भेटमा इशरा र ती युवाबीच विवाह गर्ने भन्दै मायाको चिनो स्वरूप विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटिसकेका थिए । उनीसँगै गएका अर्का युवाले इशराको फुपू नाता पर्ने सरस्वतीसँग विवाह गर्ने भन्दै प्रेम प्रस्ताव गरेको तर अस्वीकार गर्दा घटना भएको भन्दै प्रहरी प्रमुख भण्डारीले भने, ‘उनीहरु जस्तै हामी पनि प्रेम गरौँ, विवाह गरौँ भन्दै अर्का युवकले सरस्वतीसँग कुरा गर्छन् । विवाह गर्ने सर्तमा चुन्नी (दोपट्टा) साटासाट गर्न आग्रह गर्छन् । तर सरस्वतीले उनको प्रस्ताव अस्वीकार गर्छिन्, पहिले प्रेम र त्यसपछि यौन प्रस्ताव अस्वीकार गरेपछि आवेशका आएका युवकले नजिकै भएको ढुङ्गाले हानेर सरस्वतीले हत्या गरिएको हो ।’

आवाज आएपछि इशरा घटनास्थल पुगेपछि सरस्वतीको शव क्षतविक्षत अवस्थामा देखेको कराउन थालेपछि ती युवाले माथिबाट खसेको ढुङ्गा लागेर उनको मृत्यु भएको दाबी गरेको तर इशराले सरस्वतीको हत्या गरेको भन्दै गाउँमा खबर गरिदिने भनेपछि उनको पनि हत्या भएको प्रहरीले जनाएको छ ।

‘इशारालाई पहिले पछाडिबाट डुङ्गाले हानेर र लडेपछि फेरि अगाडिबाट ढुङ्गाले हानेर हत्या गरिएको देखिन्छ’ भण्डारीले भने ।
घटना सार्वजनिक भएपछि गाउँबाट भाग्ने योजना बनाइरहेको अवस्थामा प्रहरीले आइतबार राति उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal