आज :

रामारोशन गाउँपालिकाले सुरु गरेको दोस्रो चरणको ‘शैक्षिक रुपान्तरण अभियान’ सम्पन्न

  • अनलाइन डबली

अछाम । जिल्लाको रामारोशन गाउँपालिकामा दोस्रो चरणको ‘शैक्षिक रुपान्तरण अभियान’ सम्पन्न भएको छ ।

गाउँपालिकाले शैक्षिक क्षेत्र सुधारको लागि सञ्चान गरेको अभियानकाे अन्तिम जागरण भेला शुक्रबार रामारोशन गाउँपालिका-५ स्थित निलकण्ठ माध्यमिक विद्यालय पातलमा विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिकाको सहभागीतामा सम्पन्न भएकाे हाे ।

गाउँपालिकाका कार्यकारी अधिकृत रामबहादुर भण्डारीका अनुसार अभियान असोज ५ गतेबाट सुरु भएको थियो । शैक्षिक क्षेत्रका समस्या पत्ता लगाएर समाधान गर्ने, सरकारी विद्यालयको गुणस्तर वृद्धि गर्ने उद्देश्यले पालिकाले शैक्षिक जागरण अभियान सञ्चालन गरेको थियो ।

अभियानले विद्यार्थी, अभिभावक र शिक्षक शिक्षिकबीच जागरण भेलाले एक आपसमा अन्तरक्रिया गराएको बताइएको छ । यसले पालिकाको समग्र शैक्षिक क्षेत्रमा थप टेवा पुर्याएको भण्डारीको भनाई छ ।

अभियानले सरकारी शैक्षिक संस्थाप्रति बढ्दाे चिन्ता तथा निरासालाई एकहदसम्म चिर्दै आशामा बदलेको गाउँपालिकाले जनाएको छ ।

फोटोफिचर

 

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal