आज :

संगीतमा पारङगत हुन अनेकौ. जन्म आवश्यक – वदगुरु अच्युतराम भण्डारी

  • अनलाइन डबली

संगीतलाई ईश्वरसंग जोड्ने आधार भन्न रुचाउनुहुने नेपालका एक मुर्घन्य तवलाबादक अच्युतराम भण्डारी, भारतको एक प्रतिष्ठीत अन्तराष्ट्रिय पुरस्कारबाट अभिनन्दित हुनुभएको छ ।

उहाँलाई संगीतका माध्यमबाट धर्म, अर्थ, काम ,मोक्षको धरातलमा टेकेर आहार ,विहार,मुद्रा मैथुनका आहालमा मात्र रुमलिल्नु हुदैन भन्ने दर्शनलाई ब्यापकता दिन विशिष्ठ योगदान पुर्याउनुभएकोमा सो सम्मान प्रदान गरिएको हो ।
तपसकुमार पाल एकेदमी दिल्ली भारतबाट ईन्टरनेशलन पुरस्कार प्राप्त संगितज्ञ बाद्यगुरु भण्डारी नेपालका प्रथम ब्यक्तित्व हुनुभएको छ ।

नेपाल शिवको नादबाट संगीत सिर्जनाभएको मुहान हो भने ,भारत गीत संगीतको विशाल समुन्द्र भएको बताईन्छ । यहि तथ्यलाई अझै प्रष्त्याउँदै संगितज्ञ अच्युतराम भण्डारी भन्नुहुन्छ , संगीत साधना गर्नु भनेको नाद ब्रह्मको उपासना हो भने संगीतमा पारङगत हुन एक जुनिले मात्र पुग्दैन । त्यस्ता अनेक अनेकौं जुनिबाट पारङगत संगीतका हस्थीहरुका विच आफु जस्तो सानो संगीतका विद्यार्थीलाई हजार जनाभन्दा बढी खचाखच भरिएको हलमा प्रमुख आतिथ्यतागरी अभिनन्दन गरिनुलाई विशाल देश भारतको महानता हो भन्ने लाग्छ मलाई । सुप्रसिद्ध तवलाबादक होमनाथ उपाध्याय जस्ता थुप्रै जनको गुरुत्वमा संगीत उपासना भैरहेको अच्युतराम भण्डारी प्रतिष्ठान राष्ट्रदेव पशुपतिनाथको गुह्यश्वरीस्थित आफ्नै घरमा संचालित छ । अध्यक्षता उहाँकै छोरी सीता भण्डारीद्धारा धान्दै आईरहनुभएको सो प्रतिष्ठानमा देश विदेशका संगितज्ञहरुको प्रत्येक महिनाको १५ गते साङिगतिक कार्यक्रम हुँदै आइरहेकोछ ।

हुनेसंग लिने र नहुनेलाई दिने सदुपयोगबादको शिद्धान्तअनुसार प्रत्येक दिन गीत संगीत ,बाद्यबादन प्रशिक्षणपनिहुदै आईरहेको छ ,अच्युतराम भण्डारी प्रतिष्ठानमा । यहि गतिविधीमाथि मुल्याङकन गर्दै बाद्यगुरु अच्युतराम भण्डारीलाई तपसकुमार पाल एकेदमी दिल्ली भारतले ईन्टरनेशलन पुरस्कारबाट अभिनन्दन गरिएको हो । यो सम्बन्धले नेपाल भारत विच साङिगतिक जनस्तरको सम्बन्धलाई ब्यापक बनाउदै लान सकिएको बताउनुहुने वाद्य गुरु भण्डारी यस्तो सम्वन्ध राष्ट्रियस्तरबाट विस्तारगर्दै लानुपर्ने बताउनुहुन्छ । एक प्रश्नको जवाफमा सम्मानित गुरु भण्डारी भन्नुहुन्छ ,सुक्ष्म संस्कार ,पारिवारिक कारण र पञ्चमहाभुत (जल ,वायु ,ताप ,पृथ्वी र आकाश ) को समायोजनबाट यो प्राण बनेको हुन्छ जुन प्राणवायुलाई ईश्वरसंग एकाकार गराउने माध्यम संगीतलाई देश विदेशमा रहेका नेपाली माझ पुर्याउनुपनि प्रतिष्ठानको लक्ष्य बनेको छ । यहि लक्ष्यलाई तथ्यका आधारमा अगाडि बढाउन प्रतिष्ठानमा छोटो आध्यात्मिक साधना , विभिन्न देश विदेशका विद्धानहरु प्राध्यापक ,डाक्टर ,दर्शन शास्त्रीहरुद्धारा लिखित लेखहरुको संग्रह आलेख स्मारिकापनि निकाल्ने भईरहेको छ भने संगित अनेक रोगको उपचारपनि भएको कारण काम ,क्रोध, लोभ ,मोहबाट बचाउँदै मानव आत्माहरु आफैंलाईपनि कसरी संगीतका माध्यमबाट उठाउन सकिएला भनि हरप्रकारले प्रयत्न गरिहेको बताईएको छ प्रतिष्ठानले सो अवसरमा बताईयो । राष्ट्रदेव पशुपतिनाथ ,माता गुह्येश्वरी , बौद्धनाथ र चावहिल विश्व सम्पदास्थलमा विश्वको पहिलो र दोस्रो धेरै जनसंख्या रहेको मुलुक चीन र भारतका मात्र एक प्रतिशत धार्मिक पर्यटक भित्राउन सकेपनि नेपाली युवाले विदेशमा काम गर्न जानुपर्दैन भन्नुहुने वाद्य गुरु अच्युतराम भण्डारी भन्नुहुन्छ , काम क्रोध लोभ मोह, अहङकार मुक्तिको मार्गमा कृयाशिल धार्मिक पर्यटकहरुलाई योग ,ध्यान, ब्यायाम, दर्शनको केन्द्र पशुपति बौद्धबाट विश्वलाई धार्मिक समन्वयको सन्देशपनि प्रवाह गर्न सकिने अभियानकै कारणपनि आफु अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएको विचार पोख्नुभयो । आफु तवला बादकको पहिचानबाट चिनिएतापनि सो सम्मानित सभामा नेपाली टोपी पहिरेर मुकेश शाक्य र विना श्रेष्ठका साथ बहुसंख्यक नेपालीको पहिचानमुखि बाजा मादल बजाएर प्रस्तुति दिदा सो सभामा छुट्टै रौनकता छाएको थियो । आफु युरोप ,अमेरिका ,नर्वेलगायतका दर्जनौ देशहरुमा पुगि प्रस्तुति दिईसकेको तर डिल्ली भरतको दिल्ली स्थित रविन्द्रनाथ तैगोर सदनको त्यो भव्य हलमा प्राजना अर्थात प्राज्ञ पदबाट सम्मानित भई नेपाली मौलिक वाजा प्रस्तुति दिन पाउनुलाई ठुलो गौरवान्वित तुल्याएको छ मनमा तपसकुमार पाल संगित पुरस्कारबाट सम्मानित ब्यक्तित्व अच्युतराम भण्डारीले भाव ब्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal