आज :

सांसद एकनाथ ढकालद्वारा संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेट

  • अनलाइन डबली

काठमाडाैँ । राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहनु भएका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेटवार्ता गरेका छन् ।

न्यूयोर्कस्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट शुभकामना सन्देश दिएका थिए ।

महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको महत्वपुर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र समृद्धिको यात्रामा सयुक्त राष्ट्रसंघको सदैव सदभाव रहने बताए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसँग समेत भेट गरेका थिए ।

पूर्वमन्त्री समेत रहेका ढकालले क्यपिटोल हिल (संसद भवन) मा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डूलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगाएत संग संसद भवनमा द्विपक्षीय हित र नेपाल –अमेरिका संसदीय आदानप्रदान बारे छुट्टा छुट्टै कुराकानी गरेका थिए ।

सांसद ढकालले अमेरिकी पत्रिका ‘द वाशिंगटन टाइम्स’ को मुख्यालयको समेत भ्रमण गरि उक्त पत्रिकाको अध्यक्ष थोमस म्याकडेभिट लगाएतसंग अन्तरक्रिया गरेका छन् ।

ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् र उनि नेपाल – अमेरिका संसदीय मैत्री समुहमा आबद्ध छन् । सांसद ढकालको भ्रमणलाइ अमेरिकी नेताहरुले बिशेष महत्व दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal