आज :

‘सेटिङमा’ चौधरी र शर्मालाई दिन लागेको मुगु कर्णाली र किमाथांका जलविद्युत आयोजना रद्द

  • अनलाइन डबली

काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले साढे ५ खर्ब लागतका २ जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया रद्द गरेको छ ।

गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेको वित्तीय लगानी आह्वान गरेको २ जलविद्युत् आयोजनाको आशयपत्रसम्बन्धी प्रक्रिया रद्द गरेको हो ।

कम्पनीले किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने उद्देश्यले आह्वान गरिएको आशयपत्रको प्रक्रिया रद्द गरेको जनाएको छ । बिहीबार बसेको कम्पनीको संचालक समितिले उक्त प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो।

सरकारले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा  निमार्णका लागि लगानी जुटाउन  गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर वित्तीय लगानी आह्वान गरेको थियो । यी २ आयोजनाको विद्युत उत्पादन कुल क्षमता २३ सय ५६ मेगावाट रहेको छ । आयोजना निमार्णका लागि ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

किमाथांका अरुण अर्धजलासय आयोजनाको विद्युत उत्पादन क्षमता ४ सय ५४ मेगावट रहेको र मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता १९ सय २ मेगावाट रहेको छ ।  यी २ आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको हो ।

ऊर्जामन्त्री दिपक खड्काले सेटिङमा आयोजना दिन लागेको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal