आज :

माओवादी केन्द्रीय समिति बैठकमा ८० जनाले धारणा राखे, भोलि विहान ११ बजे पुनः बस्ने

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ । सोमबार केन्द्रीय समितिको छैठौं बैठकमा ८० जनाले बोल्दै समय सकिएको हो ।

जसमा १८० जनाले बोल्नका लागि नाम टिपाएका थिए । बैठक मंगलबार विहान ११ बजेसम्मा लागि स्थगित भएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको थियो ।

जगप्रसाद शर्माः महाधिवेशनको मिति तोकिनुपर्ने र केन्द्रीय समितिलाई आयोजक समिति बनाउनुपर्ने धारणा राखेका थिए । त्यस्तै, उनले माओवादी नेताहरु वर्गबाट अलग भएको भन्दै रुपान्तरण हुनुपर्नेमा जोड दिए ।

टेकबहादुर बस्नेतः सिद्धान्त र व्यवहारमा एकरुपता हुन नसकेको बताउँदै स्थानीय सरकार संचालन कार्यदल बनाउनु पर्नेमा जोड दिए । उनले जबस मोर्चा सुतेका जस्तै भएको दाबी समेत गरे ।

लोकराज जैसी, दिपेन्द्र कुमार पुनले नेतृत्वमा प्रचण्डको विकल्प नभएको बताए । इन्द्रजीत थारुले समाजवादी क्रान्तिमा निर्माण प्रधान भएको बताउँदै त्यसअनुसार कार्यक्रम बनाएर अघि बढ्नुपर्ने बताए । उनले नीजि सम्पत्तिबारे अझै स्पष्ट किटानी गरिनुपर्ने बताए ।

कुशम लिम्बूः प्रतिवेदनमा पुर्वको विषय छुटेको बताए । नेतृत्वले ध्यान दिए पूर्वमा २०६४ को भन्दा बलियो पार्टी बनाउन सकिने बताए । उनले प्रदेशको नामाकरणबारे नेतृत्वसँग जवाफ समेत मागे । उनले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनतिर संकेत गर्दै राज्यको उच्च पदमा पुगेका व्यक्ति राजनीतिमा आउन गलत भएको समेत बताए ।

राजबहादुर बुढाः नेताका परिवार र छोराछोरी कुन र के काम जोडिएका छन् भनेर खोजी गर्नुपर्नेमा जोड दिए । उनले माओवादी धारासँग एकता र ध्रुबिकरणभन्दा प्रवेशमा जोड दिनुपर्ने बताए ।

भिमकुमारी बुढाः मुक्तिदाताको रुपमा उदाएको माओवादी पार्टीबाट मुक्ति टाढाटाढा जान थालेको उत्पीडित वर्गले महशुस गर्न थालेको बताउँदै नेतृत्वले ध्यान दिनुपर्ने बताइन् ।

छमकुमारी खनालः माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामको स्वामित्व लिन नसकिएका कारण माओवादी पनि अरु पार्टीजस्तै हुन् भन्ने जनतामा भ्रम परेको बताइन् । उनले यसअघिको अभियानमा नखटिएका नेता कार्यकर्ताहरुलाई लुम्बिनीमा आत्मालोचना समेत नगराइएको र अभियानमा खट्नेलाई पुरस्कृत गर्ने भनिएपनि तर नहुँदा अबको अभियानमा केही भएन ।

लक्षमण पन्तः माओवादी वा नेपालका कम्युनिस्टहरु चिराचिरामा छौ, कम्युनिस्ट पार्टीको नेतृत्व प्रणाली कता गइरहेको छ ? कम्युनिस्ट पार्टीमा नेतृत्व प्रणाली सामुहिक भएन ।

ओम शर्माः महाधिवेशनको मिति तोकेर जानुपर्छ । प्रचण्डको विकल्प कसैले अहिले नै खोजेको बताउँदै नेतृत्वको प्रश्न उठ्दा कसैले डराउनु नपर्ने बताए । दस्तावेजको मुल स्प्रिड सही भएपनि तुफान रेल (बुलेट रेल) करेन्टबाट चल्नुपर्ने हुन्छ तर अध्यक्ष प्रचण्डले त्यसमा कोइला हालेर तुफान स्प्रिड खोजेजस्तै भएको छ ।

प्रकाश पोखरेलः कार्यविभाजन हलबाटै हुनुपर्छ । चुनावको तयारी संसदीय राजनीतिमा केन्द्रीत हुनुहुँदैन ।
चित्रबहादुर श्रेष्ठः प्रतिवेदन जमिनमा टेकेर आएको छ, जमिनको स्वामित्व व्यक्तिको नाममा होइन राज्यको हुनुपर्छ भनेर बोल्नु पर्ने बेला आयो । चुनावसम्म महाधिवेशनमा जानु हुँदैन ।

शंकर अधिकारीः उत्पादनसँग जोड्नु पर्छ । विचार मिल्नेसँग, डिबेडको फोरम बनाउनु हुँदैन ।
दिपक बहादुर साउदः महाधिवेशन भन्छौ तर तोक्दैनौं त्यसबाट अन्यौलता पैदा भएको बताए । उनले कार्यविभाजन हलबाटै तोक्नु पर्ने बताए ।

विमल अधिकारीः विभाजनमा रहेका शक्तिलाई एकठाउमा ल्याउनु पर्नेमा जोड दिए । त्यसलाई प्रतिवेदनमा अझ ठोस गरिनुपर्नेमा जोड दिए । उनले विशेष नभएर अभियान सकेर नियमित महाधिवेशनमा जानुपर्नेमा बताए ।

कृष्ण केसीः व्यवस्था ढलेको छैन, समाजवादको ढोका अध्यक्ष प्रचण्डले नै खोल्नु पर्नेमा जोड दिँदै समाजवादको नारा दिएर एमालेले जनतालाई झुक्याइरहेको बताए ।

दिलिप साहः प्रचण्डपथ छोडेपछि भ्रष्टिकरण भएको बताउँदै विचार संश्लेषण गर्नु पर्ने बताए । उनले मधेसमा ध्यान दिए बलियो पार्टी बन्ने सम्भावना रहेको बताउँदै मधेसको समस्या छिटो समाधान गर्न नेतृत्वलाई सुझाव दिए ।

बुद्धिमान माझीः आत्मकेन्द्रीत व्यक्तवादले पार्टीलाई कमजोर बनाएको बनाएको छ । माथि दलाली, तल दमन । जनयुद्धलाई अपराधिकरण गरिएको नयाँ पुस्तामा भ्रम पैदा भएको बताउँदै पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।

गोपी बहादुर अछामीः अध्यक्ष प्रचण्डबाटै श्रमको कामको सुरुवात गर्नुपर्नेमा जोड दिँदै महिनामा दुई तीन दिन प्रचण्ड आफै श्रम कार्यमा जोडिनुपर्ने बताए ।

दलजीत श्रीपाइलीः पार्टी वर्गतिर फर्किने गरि प्रतिवेदन आएको बताए । उनले दलितलाई विशेषाधिकारको प्रस्ताव आउनु राम्रो बताए । पार्टीका नेताहरुबाटै विभेद भएको कुरा आइरहेको बताउँदै त्यस्ता नेता कार्यकर्तालाई कारवाही गर्नुपर्ने बताए । उनले महाधिवेशनको मिति तोकिनुपर्ने बताए ।

दुर्ग बहादुर राउतः नेतृत्व विकासमा ढिलो भइसक्यो भन्दै मुल नेतृत्वले त्यसमा सोँच्नुपर्ने बताए । उनले कार्यविभाजन सहि ढंगबाट हुनुपर्नेमा जोड दिए ।

झक्कु प्रसाद सुवेदीः अध्यक्ष प्रचण्डले अहिलेसम्म दायाँ कदम चालेको बताउँदै प्रतिवेदनले अब बायाँ कदम चालेको बताए । उनले विशेष महाधिवेशनमा जानुपर्ने बताए । क्रान्तिकारी कार्यदिशाले पार्टी सही दिशामा जाने बताए ।

मानबहादुर बुढा: पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म रुपान्तरण आवश्यक भएको बताउँदै सबै एकजुट भएर लागे पुनः देश माओवादीमय हुने विश्वास व्यक्त गरे ।

हिमाल शर्माः अध्यक्ष प्रचण्डले एकता भएको बताएको बताउँदै नेताहरुबीच कसरी एकता भएको हो भन्नेबारे हलले जानकारी पाउनुपर्ने बताए ।

त्यसैगरी पुष्पविक्रम मल्ल, कुमार पौडेल, तिलकराम शर्मा, अशोक जैसवाल, आशा कोइराला,सुदन किराती, सुरेन्द्र भुजेल, पार्वती गुरुङ, शंकर दुलाल, टिका बुढाथोकी, ठाकुर कुमार बिक, मनहरी तिमिल्सिना, महेन्द्र पासवाङ, सरिता महर्जन, देवेन्द्र पौडेल, राजन दाहल, कृष्णकुमा राई, ओनसरी घर्ती, भोलानथ सापकोटा, जगतप्रसाद, परशुराम रम्तेल, रणेन्द्र बराइली, हरिनारायण चौधरी, जीवन बुढा, महेन्द्र बहादुर शाही, शिवकुमार डागी, कुमार बोगटी, आरबी फुयाल, नरेन्द्र कुँवर, बिमला केसी, अक्कल रावल, हरि ज्ञवाली, शैलेन्द्र घिमिरे, धनबहादुर सापकोटा, मणि कुमार सामपाङ, कुमारी राई, गगन पुरी, गोविन्द रोक्का, दिलमाया बुढा, शेरसा तारा, मनु हुमागाई, अबदुल ओहित अन्सारी, रामप्रसाद न्यौपाने, क्षेत्रबहादुर, केशव नेपाल, मौसम, दिलिप महर्जन, गणेशमा पुन, बम्बु शेर्पा, सर्पराज सिंह, अनिलकिशोर घिमिरे, शिवराज यादव, रामलाल बिकले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको आआफ्ना धारणा राखेका छन् ।

सबै नेताहरुले प्रतिवेदनको मुल स्प्रिडमा आफूहरु सहमत भएको बताउँदै त्यसलाई थप समृद्ध बनाउन छुटेका विषय समेट्न सुझावको रुपमा धारणा राखेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal