आज :

एमाले बैठकः आज पनि बोल्ने क्रम जारी, ३ मिनेट अपुग भएको नेताहरुको गुनासो 

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा नेताहरुले आफ्ना धारण राख्ने क्रम आज पनि जारी रहने भएको छ । हिजोबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रस्तावमाथि नेताहरुले धारणा सुरु गरेका थिए ।

पहिलो दिन २७ नेताहरुले आआफ्ना धारण राखेका छन् । आज पनि बैठक सुरु भएपछि धारणा राख्नेक्रमले निरन्तरता पाउने नेताहरुले बताएका छन् ।

राजनीतिक र सांगठानिक प्रस्तावमा धारणा राख्ने समय ३ मिनेट दिइएको छ । ३ मिनेट कटेपछि स्वतः लाइन काटिने व्यवस्था गरिएको छ । नेताहरुले ३ मिनेटको समय अपुग भएको भन्दै गुनासो गरेका छन् ।

पहिलो दिनको बैठकमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । बैठक मंगलबारसम्म चल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal