ललितपुर नल्लुमा स्थापित ताप्लेजुङगको प्रतिकृति पाथिभरा मन्दिर संरक्षण समितिको नवौं साधारण सभा र पाँचौं अबिधेशन शुक्रवारबाट शुरु भएको छ । २०६२ साल चैते दशैंमा अभियानकर्ता रमेशकुमार श्रेष्ठ ,बर्तमान कोषाध्यक्ष पुजन वस्नेतद्धारा संकल्पित अभियानमा स्थानिय जयबहादुर स्याङतानबाट तीन रोपनी जग्गादान प्राप्त भएपछि अभियानले मुर्त रुप धारण गरेको हो ।
स्थानिय राजनितिज्ञ गणेश घलानको अध्यक्षतामा आयोजित सो सभा वाल्मीकी क्याम्पसका उपप्रध्यापक डा.रामप्रसाद पौडेलको प्रमुख आतिथ्यता भएको थियो । उपप्राध्यापक पौडेलले पुजा पद्धतिलाई बुझेर प्रकृयाअनुसार संस्कार गरिएमा ढुङगामापनि प्राण भर्न सकिन्छ भन्ने उदाहरण पाथिभरा मातालाई ताप्लेजुङगको दुर्गमस्थालबाट ललितपुरको नल्लुमा जगाउन सक्नुले प्रमाणित भएको बताउनुभयो ।
चापागाउँ निवासी प्रख्यात गायक तथा संगितकार स्व. जगमोहन कायस्थ वामीको साथ पाएपछि पर्यटकिय हव बनाउन क्योञ्ज्योमसोम गाउपालिकालाई नै पर्यटकिय हव बनाउन सफल भएको स्मरण सहित उहाँको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो । सोहि सभामा क्योञ्ज्योमसोम गाउँपालिकाका संस्थापक प्रमुख गोपिलाल सिन्तान , उपप्रमुख मिङमार लामाद्धारा नल्लु पाथिभराको परियोजना विकासमा पुर्याउनुभएको योगदानको स्मरण गरियो । बर्तमान मेयर कृष्णलाल लामालगायतका जनप्रतिनिधिहरुबाटपनि त्यस्तै किसिमको एक्यवद्धताको अपेक्षा गरिएको सभामा क्योञ्ज्योमसोम गाउँपालिका वडा नं.१ क वडाध्यक्ष सन्तलाल लामाले शुभकामना सन्देश दिदै भन्नुभयो , नल्लु पाथिभराकै पहिचान मध्ये एक बनाउन तपाईहरुले पुर्याउनुभएको योगदानको क्योञ्ज्योमसोम गाउँपालिका सम्मान गर्दछ । काम गरेपछि केहि कृया प्रतिकृया आउनु स्वभाविक भएको तर साधारण सभामा कोषाध्यक्ष पुजन बस्नेतबाट हिसाब किताब पारदर्शी बनाईदिएपछि बाहिर चलेको भ्रम हटेको स्पष्ट पार्नुभयो ।
सो अवसरमा कोषाध्यक्ष बस्नेतले यस आर्थिक वर्षको रु. ३४लाख ,८४ हजार एक सय सत्तरी रुपिंयाको आयव्यय सार्वजनिक गर्नुभएको थियो । ललितपुरको लेले उपत्यकाबाट ३ किलोमिटरमा स्थापित प्रतिकृति नल्लु पाथिभरा मन्दिरले ताप्लेजुङगकी पाथिभरा पुग्न नसक्नेकालागि दर्शन सहज भएको छ । १४ फिट ढुङगाको नल्लु पाथिभरा देवस्थल पुग्न देविकाभक्त ईन्द्रभक्त मानन्धरले देवीको दर्शनार्थ सिमेन्टको बाटो र गेट बनाईदिनुभई बाह« लाख रुपियाँ भन्दा बढीको योगदान दिनुभएको सो साभामा जानकारी गराईएको थियो । सो अवसरमा देवीको श्रीबृद्धिमा नगद तथा भौतिक सामग्री चन्दा दिएर सहयोग गर्नुहुने ईन्द्रभक्त मानन्धर , रेखा रञ्जित श्रेष्ठ , राजकुमार श्रेष्ठ , ववितासिंह खडका अमेरिका , लुभुकि सविता महर्जन , कायरा अनामासा , राज श्रेष्ठ ,ईमाडोलकी शुसिला बराल ,पुर्णिमा दर्शन ,स्वयम्भुकी लुना राई , शंकरसिंह वस्नेत र पाथिभरा संरक्षण समितिका संस्थापक सदस्य गोकुलदेसार सहिलत ७० जनालाई सम्मानपत्रबाट अभिनन्दन गरिएको थियो ।
ललितपुर लगनखेलबाट लेले हुँदै १८ कि.मी.को दुरी पारगरी पुग्न सकिने नल्लु पाथिभरा वर्तमानमा धार्मिक पिकनिकस्पोटमा विकसित हुदै गईरहेको सो सभामा खुशि ब्यक्त गरिएको थियो । पाथिभरासंगैको रुखमुनि दोपाया,चौपाया वलि दिई भाकल गराउँछन् । तर मुल देवस्थलमा बली दिईदैन । देवीको महिमालाई सुनेर यहाँ पुग्ने भक्तजन पर्यटकहरुलाई वर्तमान जनप्रतिनिधि र स्थानिय वासिन्दाहरुले कोञ्ज्योमसोम त्रिदेवस्थल , गुप्तेश्वर महादेवस्थल , शंखु छोर्तेन चैत्य र लेले मनकामनास्थललाई पनि संयुक्तरुपमा पर्यटकिय भ्रमणको एउटा हबनै बन्ने बनाउने कार्य तिब्र रुपमा अगाडि बढउँदै लगिरहेको सो अवसरमा बताईयो । एक समय काठमाडौं उपत्यकाभित्रको कर्णाली भनिने कोञ्ज्योमसोम गाउँपालिकालाई पर्यटकिय हव को रुपमा प्रवद्र्धन गर्दै लान गणेशबहादुर घलानकै अध्यक्षतामा नयाँ कार्य समिति पाँचौ अधिवेशनले पुर्नगठन गरिएको छ ।