Skip
आज :

काठमाडौं महानगरले जाडो विदामा शिक्षकहरुलाई क्षमता विकास तालिम दिने

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले जाडो विदाका समयमा सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई क्षमता विकास तालिममा सहभागी हुन आव्हान गरेको छ ।

‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराएर शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको हो ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नुपर्ने भएकोले तालिम सञ्चालन गर्न लागेका हौँ ।’

उनका अनुसार शैक्षिक क्रियाकलापमा असर नहुने गरी विदाको समय उपयोग गर्न लागिएको हो । शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखिएको छ । यसको नतिजा विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र र व्यवहारिक सिपमा प्राप्त हुनेछ ।

यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरुलाई तालिम हुनेछ । पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान र अर्थशास्त्रलगायतका विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन् ।

एसइइ लक्षित सिकाइमा अवस्था अनुसार विद्यार्थीको वर्गीकरण गरिनेछ ।  सिकाइ सहयोग, प्रविधिमार्फत सिकाइ, शिक्षण प्रबन्ध प्रणालीको उपयोग, समूहगत सिकाइ, परियोजना कार्यमा आधारित सिकाइ कक्षाका ढाँचा हुनेछन् ।

पुस २४ गतेदेखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाइ र शिक्षामा सिप कार्यक्रमसँग सम्बन्धित फोकल शिक्षकहरुका तालिम हुनेछ । पाठ्यक्रममा सहभागितामुलक प्रतिबिम्बन, सञ्चालन मार्गदर्शन प्रतिबिम्बन तथा प्राविधिक क्षमता अभिवृद्धि तालिमका विधि हुन् ।

माघ ५ गतेदेखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र क्यारियर गाइड म्यापिङ तालिम हुनेछ । पुस २३ गतेदेखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरुको तालिम हुनेछ । माघ २ गतेदेखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धि तालिम हुनेछ ।

रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम पुस २४ देखि माघ ८ सम्म हुनेछ ।

यसरी सञ्चालन हुने तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने भएकोले शिक्षकहरुले तालिममा सहभागी हुन समय व्यवस्थापन गर्नुहुने विभागको अपेक्षा छ ।

सामुदायिक विद्यालयहरुमा पुस १८ गते सुरु भएको विदा माघ ८ गतेसम्म हुनेछ । यस अवधिलाई शैक्षिक सत्र २०८१ को कार्ययोजनाअनुसार विद्यार्थीहरुको पढाइमा असर नहुने, खेलकुद तथा सिकाइमा थप सहयोग पुग्ने खालका कार्यक्रम तर्जुमा गरिएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal