Skip
आज :

बसन्तपुरमा मनाइयो १२ औं नेपाली टोपी दिवस, सीके राउतको पार्टीले ‘धोती दिवस’ मनाउँदै

  • अनलाइन डबली

काठमाडौं । जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्टिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधवार काठमाडौंको बसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देश विदेशभर फैलिएको भन्दै खुसी व्यक्त गरे । श्रेष्ठले नेपाली टोपी अभियान कुनै पनि अभियानको विरोधमा नरहेको भन्दै केही तत्वहरुले विवादित बनाउने कोसिस भइरहेको बताए । विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न पनि संयोजक श्रेष्ठले सरकारसँग जोडदार माग गरे ।

अर्का अभियन्ता रामजी बलामीले नेपाली टोपी विश्व समुदाय माझ परिचित रहेकाले नेपालको पहिचान पनि भएको बताए । बलामीले सबै सांस्कृतिक पोशाकको प्रवद्र्धन गर्नुपर्ने भन्दै नेपाली टोपीको थप प्रवद्र्धनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

अर्का अभियन्ता जनार्जन पौडेलले नेपाली टोपीले हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने भएकाले यो सबै नेपालीको साझा चिनारी भएको बताए । पौडेलले अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिन सो दिन अन्तर्राष्टिय टोपी दिवस मनाउन थालिएको बताए ।

यस्तै अर्का अभियन्ता ज्ञानमणि नेपाल कालोटोपीले टोपी लगाउने र नलगाउने व्यक्तिगत स्वतन्त्रताको कुरा भएको उल्लेख गर्दै नेपाली उत्पादनको प्रवद्र्धन गर्नु सबै नागरिकको दायित्व भएको बताए ।

कार्यक्रममा बालकदेखि बृद्धसम्म र युवायुवतीहरुको बाक्लो उपस्थिति थियो । जागरुक युवा अभियान नेपालले नेपाली टोपीको संरक्षण र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाउदै आएको छ ।

यसैबीच सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले भने आज धोती दिबस मनाउन निर्णय गरेको छ । धोतीलाई मधेसीको पहिचान मानिन्छ । मधेसी समुदायको पहिचानलाई स्थापित गर्न धोती दिवस मनाउन थालिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal