Skip
आज :

पेट्रोल र डिजेलको मूल्य बढ्यो , हवाई इन्धन मुल्य घट्यो

  • अनलाइन डबली

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मङ्गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटल रु एक र डिजेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको हो ।

निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु दुई र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको छ । पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।

नयाँ मुल्य अनुसार  पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६३ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २६ र काठमाडौँको हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर नौ सय ६० कायम गरिएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट मङ्गलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १.०९ र डिजेलमा रु २.२२ बढेको तथा तथा हवाई इन्धनमा प्रतिलिटर रु १.७१ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal