पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–काठमाडौं सडक आजदेखि बिहान ११:०० देखि दिउँसो २:०० बजेसम्म बन्द हुने भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार सडकको स्तरोन्नति तथा निर्माणका लागि सडक बन्द गर्न लागिएको हो। सडक आजदेखि पुस १३ गतेसम्म दैनिक ३ घन्टा बन्द गरिने भएको छ ।
आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौं जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ । सो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकलजस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ ।
नागढुङ्गा–मुग्लिन सडक योजनाका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।
यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ । विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिने जनाएको छ ।