आज :

रबि लामिछानेलाई ८ औं पटक म्याद थप, पाँचै जिल्ला घुमाउने तयारी

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेलाई अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

मंगलबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई हिरासतमा राख्न म्याद थप गरेको छ ।

लामिछानेलाई म्याद थप गरेको यो ८ औं पटक हो । प्रहरीले लामिछानोलई संगठित रुपमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई प्रहरीले काठमाडौँबाट कात्तिक २ मा पक्राउ गरेर कास्की पुर्याएको छ । त्यसअघि सोही मुद्दामा पक्राउ परेका छबिलाल जोशी पक्राउ परेको दिनलाई आधार मानेर सम्पत्ति शुद्धीकरणको कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीले थुनामा राख्न पाएको सुविधा यो अन्तिम हो ।

लामिछानेलाई थप दुःख दिन अब प्रहरीले पाँचै जिल्ला पुर्याएर थुनछेक गराउन लागेको रास्वपाका नेताहरुले आरोप लगाइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय कास्कीलाई बुझाएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal