
काठमाडौँ । संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे मन्त्रालयको निर्देशानुसार निगमले सातै प्रदेशसंग सहकार्य गरी दुर्गम क्षेत्रमा चल्ने साना जहाज खरिद गर्ने योजना अनुसार कार्य भइरहेको बताउनु भएको छ । नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयमा आज निरिक्षण तथा अनुगमनका क्रममा सो कुरा बताउदै सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको महंगो व्याजदरको ऋण घटाई आर्थिक व्यवस्थापन गर्न Soft Loan लिने सम्बन्धमा कार्य भइरहेको र निगमले नै In – flight Kitchen संचालन गर्ने योजना अनुरूप कार्य भइरहेकोबारे प्रष्ट पार्नुभयो ।
त्यसैगरी उहाले नेपाल वायु सेवा निगम ऐन २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाइ सुदृढर सबल बनाउन सहयोगकोलागी मन्त्रालय समक्षय आग्रह गर्दै ९०को दशकमा निगमको स्वर्णकाल रहेको स्मरण गर्दै निगम व्यबसायिक सस्था भएकोले राजनैतिक हस्तक्षप रोकी समन्वयात्मक भूमिका केलिदिनु हुन् अनुरोध गर्नु भयो।
उक्त अवसरमा निगमका कार्यकारी अध्यक्ष लगायत नायव महाप्रबन्धक ( प्रा . ) , निगमका सम्पूर्ण विभागीय प्रमुखहरु र निगममा क्रियाशिल चार वटै ट्रेड युनियनका अध्यक्षहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराउनु भयो ।