काठमाडौँ । नेपाल र चीनबीच ८ वटा सहमति पत्रमा हस्ताक्षर भएको छ ।
चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरिएको हो । त्यसअघि दुबै देशका प्रधानमन्त्रीबीच दुई पक्षीय वार्ता भएको थियो ।
सहमतिका विषयबारे भने सार्वजनिक भैकसकेका छैनन् ।
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।