काठमाडौँ । काठमाडौं महानगरपालिकाको स्थानीय तहमा रास्वपाको पहिलो जीत भएको छ । वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ विजयी भएपछी रास्व्पाको स्थानीय तहमा स्थान बनाउन सुरुवात भएको हो ।
निर्वाचन आयोगका अनुसार श्रेष्ठ दुई हजार ९०२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले दुई हजार २१४ मत पाए। एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार २२० मत पाए
यसै गरि एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले एक हजार ९२ मत पाए। राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत ल्याए।
कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो। यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।