आज :

काठमाडौँ महानगरले एमालेलाइ जरिवाना पत्र हुलाक मार्फत पठायो

  • अनलाइन डबली

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले  नेकपा एमालेलाइ पठाएको जरिवाना पत्र भौतिक रूपमा नबुझे पछी हुलाक र इमेलमार्फत पठाएको छ ।

आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र  भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको हो ।

‘सोमबार बिहान हामीले हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएका छौ’, काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर एमालेले भने काठमाडौँ महानगरका मेयर बालेन साहले एमालेमाथि राजनीतिक स्टन्ट बाजी गरेको प्रतिक्रिया दिदै आएका छन्  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal