आज :

दुर्गा प्रसाईलाई अदालत उपस्थित गराउने सर्वोच्चको आदेश

  • अनलाइन डबली

काठमाडौँ । सर्वोच्च अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालत उपस्थित गराउन आदेश गरेको छ। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो ।

निराजनले आफ्ना बुबालाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए । सरकारले दुर्गालाई किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो ।

प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी गरेको भन्दै भिडियो सार्वजनिक गरेका थिए । दुर्गाले सार्वजनिक गरेको भिडियोमा प्रधानमन्त्री ओलीले कम्बोडियामा २० करोड डलर लगानी गरेको कागज, फोटो र भिडियो सार्वजनिक गरेका थिए ।

सुरुमा साइबर अपराधमा सरकारले प्रसाईँलाई पक्राउ गरेपनि अहिले सम्पत्ति शुद्धीकरण, किर्ते, वैकिङ्ग कसुरमा अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal