काठमाडौँ । दैनिक एक कप बराबरको रकम दान बात बनेको “ एक कप चिया” अभियानले ४0 जना मोतिबिन्दु बिरामीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । २८ औँ निःशुल्क आँखा शिविर कीर्तिपुरको नगरमण्डप श्री कीर्ति विहारमा आज शनिबार अभियान अन्तर्गत उठेको चन्दाबाट संकलित रकमबात विभिन्न स्थानबाट आएका बिरामीलाई निःशुल्क शल्यक्रिया उपचार गरिएको हो ।
कार्येक्रममा सन् २००२ देखि नेपालका दुर्गम ग्रामिण सामुदायिक बिद्यालयमा अध्यन गर्दै आएका बालबालिकालागि सामाजिक काम गर्दै आएकी जर्मन नागरीक सिमोन दाग्मारले अभियानमा सहयोग गर्दै आएकाहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
काभ्रेपलान्चोक जिल्लासहित काठमाडौंको मनमैँजु, टोखा, बलम्बु, कीर्तिपुरलगायतका अति विपन्न बिरामीलाई सो सेवा दिइएको यूथ आई सर्भिसका अध्यक्ष तथा बरिष्ट आँखा रोग बिषेशज्ञ सिद्धार्थ रञ्जितले जानकारी दिनुभयो ।
विगतमा एउटा आँखाको शल्यक्रिया गरेका केही बिरामीले पुनः अर्को आँखाको शल्यक्रिया गरेका छन् । दैनिक एक कप चिया बराबरको रकम दान दिएर सुरुवात गरिएको “एक कप चिया अभियान” अभियानमा अहिलेसम्म ४ सय ५० बढी सदस्य र १ सय बढी देश बिदेशका आजीवन सदस्य रहेका छन्।
दैनिक एक कप चिया बराबरको खर्च दान गरेर त्यस बापतकाे रकम असहाय दीनदुखीहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न बिभिन्न स्थानमा गएर आँखा नि:शुल्क शिविर तथा प्रत्येक बर्ष नि:शुल्क मोति बिन्दुको शल्यक्रिया सेवा दिदै आएको छ ।