काठमाडौँ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौँ महानगरले गौशालामा डोजर चलाउनु संबिधान , ऐन तथा कानुनको ठाडो उलंघन भएको बताएको छ। नेपाल सरकार द्वारा सर्वोच्च अदालतमा पुनरअवलोकन गरिएको मुद्दा अझै किनारा लाग्न बाकि रहेको अवस्थामा महानगरको कार्यक्षेत्र भित्र नपर्ने र महानगरपालिकाले नै निर्माण सम्पन्न स्वीकृत तथा निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गरिसकेको गौशाला स्थित रहेको निजि घरहरुमा डोजर चलाएको घटना प्रति गम्भीर ध्यान आकर्षण भएको बिज्ञप्तिमा उल्लेख गरेको छ।
काठमाडौं महानगरपालिकाले विधिको शासनलाई बेवास्ता गर्दै गैरन्यायिक रूपमा यस्ता हस्तक्षेप गर्नु खेदजनक र अस्वीकार्य रहेको उक्त पार्टीको भनाइ रहेको छ । साथै , शान्तिपूर्ण रूपमा प्रतिरोध गरेका गिरफ्तार गरिएका अभियानाताहरुलाई बिना सर्त तुरुन्त रिहाको माग बिज्ञप्तिमा रहेको छ।
महानगरले शुक्रबार दिउँसो गौशाला क्षेत्रमा चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरि निर्माण गरेको भन्दै घर तथा संरचनामा डोजर लगाएको थियो। डोजर लगाएको विरोधमा पुगेका सुमन सायमी लगाएत चार जना लाइ प्रहरीले नियन्त्रणमा लिएको हो।
गैरन्यायिक सडक विस्तारका बारेमा पीडितका पक्षमा लामो समयदेखि आवाज उठाउदै आएका सायमिले न्यायका पक्षमा उभिदै आएका छन्।
यस्तो छ बिज्ञप्ति –