काठमाडौं । स्थानीय र पश्चिम वायुकाे प्रभावमा माैसममा देखा परेकाे छ । जसकाे प्रभावका कारण आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु लाग्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
त्यसैगरी गण्डकी र कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको विभागले जनाएको छ । साथै तराईका केही भागमा भने बाक्लो हुस्सु लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा नै रहने छ ।