आज :

ललितपुर महानगरले राष्ट्रिय सहकारी विकास बोर्डको पर्खाल भत्कायो

  • अनलाइन डबली

ललितपुर महानगरले  हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनधिकृत रुपमा बनाइएको पर्खाल भत्काएको छ।

जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले समेत सो पर्खाल अनधिकृत रुपमा बनाएको फैसला सुनाएपछि ललितपुर महानगरपालिका नगर प्रहरी वलले आइतबार बिहान डोजरले सो भवनको सडकतिरको पर्खाल भत्काएको हो।

अनधिकृत रुपमा बनाइएको सो भवनको पर्खाल सर्वोच्च अदालतले २०७३ साल पुस १८ गते भत्काउने आदेश दिएपछि आज नगर प्रहरीले डोजर चलाएर भत्काइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।

स्थानीयवासीले सो बोर्ड भवनले आफूहरूको घर जाने सडक समेत मिचेर निर्माण गरेको संरचना  भत्काउन निवेदन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal