आज :

भ्रष्टाचार विरूद्धको आत्मिकी अन्धकार कविता संग्रह सार्वजनिक

  • अनलाइन डबली

कात्तिक १७,काठमाडौँ  ।
साहित्यकार होमनाथ खत्री (होम दिम्माली)द्वारा रचित ’आत्मिकी अन्धकार’ नामक कविता संग्रह लोकार्पण गरिएको छ । भ्रष्ट, अराजकता र असहिष्णु कुप्रवृत्तिका विरुद्ध लक्षित पुस्तकलाई जुबु खप्तडी बस्नेत सेवा समाजले लोकार्पण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्रष्टा खत्रीले पछिल्लो समय समाजभित्र बढेको खराब प्रवृत्तिलाई प्रहार गर्नुपर्ने बताउनुभयो । ’असल शिक्षा र आत्मिकी ज्ञानको अभावले समस्या भएको हो । त्यसैले व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको अवस्था बदल्न सबैको मन सफा हुनुपर्छ ।’ स्रष्टा खत्रीको भनाइ थियो ।
लुम्बिनी प्रिन्टिङ सर्भिसले प्रकाशन गरेको कविता संग्रहलाई जेष्ठ नागरिकद्वय कमलबहादुर बस्नेत तथा नन्दकुमारी बस्नेतको बाहुलीबाट लोकार्पण गरिएको थियो । काठमाडौंको जरङ्खु हाईटमा समाजका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी सम्पादक जुनारबाबु बस्नेतदेखि विभिन्न क्षेत्रका लब्धप्रतिष्ठितहरूको सहभागिता थियो ।

   

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal