काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । उनले सबैको सहयोग अनिवार्य हुने बताए ।
सोमबार राज्य व्यवस्था समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै राईले भने, ‘अख्तियार एक्लैले भ्रष्टाचार कन्ट्रोल गर्न सक्दैन । यसमा सबैको सहयोग चाहिन्छ ।’ उनले अति जटिल कामहरू र सहजै हुने विकासका काममा सोही अनुसारको प्रावधान राख्नुपर्ने बताए ।
विकसित राष्ट्रमा विकासका नाममा बनेका गाइडलाइन नेपालको हकमा कार्यान्वयन गर्न जटिल हुने राईले बताए ।