आज :

चोभार आदिनाथमा आजबाट मेला सुरु, यस्तो छ आख्यान

  • बुद्धशरण शाही

काठमाडौँ । काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित चोभार डाँडास्थित आदिनाथमा आजबाट मेला सुरु भएको छ। प्रत्येक वर्ष झैँ आज  आश्विन शुक्ल पूर्णिमाका दिन देखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिना लामो मेला  सञ्चालन भएको हो  ।  मेला भर्न काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट बिहानदेखि भक्तजनहरुको भिड लागेको छ । आदिनाथ आनन्दादी लोकेश्वरलाई रोग मुक्ति र आपसी मतभेद , लोग्ने स्वास्नी सम्बन्धविच्छेदसम्मको स्थिति मिलाइदिने देवताकारूपमा लिइन्छ ।

उपत्य्ककमा चार लिकेश्वरहरु  पद्मपाणि लोकेश्वर, बुंग द्यो: , ( रातो मच्छेन्द्र ) , सृष्टिकान्ता लोकेश्वर नाला, बनेपा , आर्यवलोकेश्वर ( सोतो मच्छेन्द्र ) , आनन्दादि लोकेश्वर, चोभार आदिनाथको मन्दिर सातौ शताब्दीमा अंशुवर्माले निर्माण गराएको बताइन्छ ।

भक्तजनले बिहानैदेखि बाजागाजासहित मन्दिरमा भजनकीर्तन गरिरहेका छन्। काठमाडौंबाट करिब नौ किलोमिटर दक्षिणमा अवस्थित उक्त स्थलबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

 

आख्यान  –

एक समय आदिनाथको मूर्ति लुभु ललितपुरमा थियो । हैजा रोग लागी धेरै लुभुवासी भटाभट मर्न थाले ,जति पूजा गरे पनि रोग निको नभएपछि गाउँलेले रिसको झोकमा आनन्दादी लोकेश्वरको मूर्तिलाई नख्खुमा बगाइदिएछन् । यसरी बगाइएको आदिनाथको मूर्तिलाई चैत्र अष्टमीका दिन कीर्तिपुरेले वाग्मती नदीको किनारमा  देखेछन् । यसबाट खुमी भएका कीर्तिपुर बासीले  चैत्र अष्टमीका दिन श्रद्धाभक्तिपूर्वक बाजागाजाका साथ प्राचीन वस्तीमाझ विराजमान गराएको विश्वास गरिन्छ ।

यसैदिनको स्मरणस्वरूप प्रत्येक वर्ष बागमतीको सुलक्षण महाविहार रहेको ठाउँबाट आदिनाथलाइ महास्नान गराई बाजागाजा सहित आदिनाथमा भित्रयाउने प्रचलन छ ।  मन्दिरअगाडि ढुंगाको चोक बीच बनेको  शिखर चैत्यलाई  हिन्दू तथा बौद्ध अनुयायीहरुले  शैवनेश्वर महादेव भनी पूज्ने गर्दछन् । वास्तवमा  चोभार गुफा पुग्ने अनेक द्वारमध्ये एउटा  यही चैत्य  हो भन्ने बिश्वास पाइन्छन् । भाकल पूरा भएका भक्तजनले मन्दिरका भित्ताभित्तामा भाँडाकुडा , ऐना लगायतका सामग्री चडाउने प्रचलन छ ।  मन्दिरका भित्ताभित्तामा छरपष्ट देखिने भाँडाकुडा मन्दिरको विशेषता मात्र होइन तिनीहरूले तत्कालिन जीवन पद्धतिका बारेमा तथ्य संकलन गर्न पनि सहयोग पुगेको छ ।

फोटो – बुद्ध शरण शाही 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal