आज :

चालक निदाउँदा बैतडी जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, ४ जनाको मृत्यु, १२ यात्रु घाइते

  • अनलाइन डबली

धनगढी । दशैं सकिएलगत्तै डडेल्धुरामा दुःखद् दुर्घटना भएको छ । बैतडी जाँदै गरेको रात्रिबस डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

डडेल्धुरा प्रहरीका अनुसार महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदाअन्य १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई उपचारका लागि धनगढी पठाइएको छ भने अन्यको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा छानविन भइरहेको बताउँदै प्रहरीले राति चालक निदाएकाले दुर्घटना भएको अनुमान गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal