काठमाडौं । वडादशैं सकिएसँगै काठमाडौं उपत्यकामा बढेको छ । विगतका बर्षको यो दशैंमा काठमाडौँमा चहलपहल बढी नै थियो ।
फुलपातीदेखि नै सुनसान हुने काठमाडौंका सडकहरु विगतको तुलनामा बढी चहलपहल देखिए ।
असोज दोस्रो साता परेको अविरल बर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौं छाड्नेहरुको संख्यामा कमी आउँदा यस्तो चहलपहल देखिएको हो ।
चहलपहलका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।
बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रुमात्र राजधानी बाहिर गएका हुन् । यातायात व्यवसायीहरुले पनि यसबर्ष २० लाख मानिसले काठमाडौं छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् ।
दशैं मान्न गाउँ गएकाहरु पनि विस्तारै कर्मथालो फर्किन थालेका छन् । उपत्यका आसपासका क्षेत्रमा घर भएकाहरु फर्किन थालेका छन् भने टाढाबाट एक दुई दिनमा फर्किने तयारीमा रहेको बताइएको छ ।