काठमाडौँ । नेपाली सेनाले यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले विश्वका ३७ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण जितेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाका अनुसार अभ्यासमा १२१ अन्तर्राष्ट्रिय टोलीको सहभागिता थियो।
नेपालले नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो।



अनलाइन डबली





