Skip
आज :

नेपाल प्रहरीले काठमाण्डौ उपत्यकामा दुई वटा बस निःशुल्क सेवा दिदै

  • अनलाइन डबली

काठमाडौँ । नेपाल प्रहरीले काठमाण्डौ उपत्यकामा आज दुई वटा बस निःशुल्क सञ्चालन गरेको छ । दशैँ मनाउन सार्वजनिक गाडीका चालक र सहचालक पनि आफ्नो घर जाने, गाडी पनि कम चल्ने भएकाले सर्वसाधारणको आवतजावतका लागि केही सुविधा पुगोस् भन्ने उदेश्यले हरेक बर्ष निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको हो ।

निःशुल्क सञ्चालन गरिएका यी बस टीकाको मुख्य दिन र भोलि पनि निरन्तर सेवा दिने  छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहारी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए अनुसार एउटा बसले रिङरोड भित्रका सर्वसाधारणलाई र अर्को बसले रिङरोड बाहिरका सर्वसाधारणलाई सेवा दिनेछ । निःशुल्क बस सेवाको एक नम्बर रुटले प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी त्यहिँ रुटबाट नक्सालसम्म फिर्ता हुनेछ ।

त्यसैगरी, अर्को दुई नम्बरको रुटमा नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्नेछ । यी बस बिहान साढे ८ बजे र दिउँसो चार बजे गरी दुई सिफ्ट चल्नेछन् ।

यस्तो छ नि शुल्क बस सेवाको रुट तालिका –  

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal