काठमाडौँ । काठमाडौँ उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण शुरु गरिएको छ। खानेपानीमन्त्री प्रदीप यावदले उपत्यकामा एक दिन बिराएर पानी पठाउन निर्देशन दिए संगै मंगलवार आज बात सुन्दरीजलको पानी प्रशोधन केन्द्र मेलम्चीबाट काठमाडौँ पथान्तरण गरिएको हो।
सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखाबाट वितरण शुरु भएको छ।
स्थानीयहरुसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षातको समयसम्मै वितरण हुने र स्थानीयका मागहरु दशैँपछि सम्बोधन गरिने बताए।
गत वर्षको वर्षातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो। यस वर्ष दशैँअगाडि नै पानी पथान्तरण शुरु गरिएको हो।
मन्त्री यादवले वर्षातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजबाट उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताए। उनले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौँ उपत्यकामा आउने जनाए।
उहाले हेलम्बु र मेलम्चीवासीले आन्दोलन गर्नुपर्ने स्थिति आउन नदिने बताए।