आज :

न्यारोबडी जहाजले काठमाडौँ- भैरवा आन्तरिक उडान गर्ने

  • अनलाइन डबली

नेपाल वायु सेवा निगमले उपत्यका बाहिर जाने यात्रुहरूको सुविधालाई ध्यानमा राखी न्यारोबडी जहाजले काठमाडौँ- भैरवा आन्तरिक उडान गर्ने भएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने÷आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाईलाइ मध्य नजर गर्दै      आन्तरिक उडाउन गर्न निर्देशन दिएपछि यस्तो तयार भएको हो।

प्रवक्ता पौडेलेका अनुसार उक्त जहाजले फूलपातीका दिन बिहीबार विहान ११ बजे भैरहवा उडान गर्नेछ। सोही दिन १२:३० बजे भैरहवाबाट काठमाडौं उडान गर्ने निगमले जनाएको छ।

प्रवक्ता पौडेलेका अनुसार काठमाडौं-भैरहवा उडानका लागि प्रतिव्यक्ति ७ हजार रुपैयाँ र भैरहवा-काठमाडौं उडानका लागि ३ हजार ८९० रुपैयाँ भाडा तोकिएको छ। दुवै तर्फको टिकट निगमको वेवसाइटमा उपलब्ध रहेको प्रवक्ता पौडेलले बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal