आज :

कर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समा

  • अनलाइन डबली

काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन खेलाडी टोलीमा समावेश गरेको छ ।

आइतबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनबाट कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै घरेलु क्रिकेट खेलिसकेका तीन खेलाडी टोलीमा समावेश गरेको हो ।

अर्जुन घर्ती, युनिशविक्रम सिंह ठकुरी र दीपेन्द्र रावत कर्णालीका हुन् । अर्जुन ‘बी’ श्रेणीका हुन् भने युनिश र दीपेन्द्र ‘सी’ श्रेणीका हुन् ।

कर्णाली याक्समा निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरेको बताएका छन् ।

उनले भने, ‘कर्णाली याक्सले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दा स्थानीय खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने थियो । हाम्रो योजनाअनुसार नै तीन खेलाडी समावेश गरेका छौं ।’

निर्देशक गृहेन्द्र घिमिरेले केही खेलाडी छुट्न गएको स्मरण गर्दै उनीहरुलाई टोलीमा समावेश गर्ने तयारी भएको बताएका छन् ।

उनले भने, ‘हामीसँग अझै पनि एक स्थानीय खेलाडी ल्याउने बाटो खुल्ला छ । छुटेकालाई त्यसबाट समावेश गर्छाै ।’

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । टोलीले ए श्रेणीबाट गुल्शन झा, देव खनाल र नन्दन यावदलाई टोलीमा समावेश गरेको छ ।

त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्ती सहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

कर्णाली याक्सले दश खेलाडी खरिद गर्दा ७४ लाख खर्च गरेको छ । यसअघि हिमालयन विल्डर्स एन्ड इन्जिनियर्स एक करोड ११ लाखमा कर्णाली याक्स स्वामित्वमा लिएको थियो ।

निर्देशक गृहेन्द्र घिमिरेले चार विदेशी कोटामा विश्व चर्चित खेलाडी समावेश गर्दै टोली बलियो बनाउने जानकारी गराएका छन् ।

उनले भने, ‘अक्सनबाट अनुबन्ध भएका नेपाली खेलाडी निकै राम्रा देखिन्छन् । अब, विश्वचर्चित विदेशी खेलाडीअनुबन्ध गर्दै टोली थप बलियो बनाउँछौं र उपाधि जित्न खेल्नेछौँ ।’

एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal